तामाङ समूदायको प्रमुख चाड सोनम ल्होसार आज

काठमाडौं । तामाङ समुदायले शनिबार सोनम ल्होसार मनाउँदैछ। यो ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ।

ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ। आजदेखि खरायो वर्ष पूरा गरी मेघ वर्ष प्रवेश भएको छ।

मुसा, गाई, बाघ, खरायो, मेघ (ड्रागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ। स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको छ।

राजजधानीमा रहेका तामाङहरूले टुँडिखेलमा भेला भई ल्होसार मनाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *