

आज नेपाल र क्यानडाबीचको दोस्रो खेल

काठमाडौं । नेपालले आज कीर्तिपुर मैदानमा क्यानडासँगको दोस्रो एक दिवसीय सिरिज खेल्दैछ।
बिहीबार पहिलो खेलमा सात रनले विजयी भएको नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ।
खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ।
आजको खेलमा जित हात पारेमा नेपालले सिरिजमा कब्जा जमाउनेछ भने क्यानडाले जित हात पारेमा अन्तिम खेल निर्णायक हुन्छ ।
अर्को अर्थात् सिरिजको अन्तिम खेल सोमबार हुनेछ।