

माओवादी केन्द्र स्थायी कमिटी बैठक, के छ एजेन्डा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आजबाट सुरु भएको बैठक भोलीसम्म चल्नेछ । अहिले बैठकमा मस्यौदा विधान २०८० माथि छलफल भइरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसायिमक विषयमा ब्रिफिङ गरिरहेका छन् । बैठक भोलिसम्म चल्नेछ । यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ ।
केन्द्रीय समितिको बैठकले फागुन पहिलो साता हुने पार्टीको विधान सम्मेलनको एजेन्डा तय गर्नेछ । विधान सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ ।