विमानस्थलका डिआइजी चन्द प्रदेश समन्वय विभागमा, उनको ठाउँमा कस्लाई पठाइँदै ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको सरूवा भएको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डिआइजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन्। उनको काज सरूवा भएको हो।

उनको स्थानमा कस्लाइ पठाउने भन्ने निर्णय भने भइनसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *