

पूर्व डिएसपी थापाले गुमाए टिपरको ठक्करबाट ज्यान

कैलाली – टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ ।
मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त भएका हुन् । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।