

श्रीमानले नै चलाएको हाइसले आँगनमै लियो मञ्जुको ज्यान

महेन्द्रनगर । श्रीमानले चलाएको हाइसले ठक्कर दिंदा कञ्चनपुरमा श्रीमतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बेदकोट नगरपालिका–१० शिशैया हरपालका ४२ वर्षीय दिनेशबहादुर कठायतले आफ्नै घरको आँगनमा बा.प्र.प.०१०२९ च २८०६ अस्थाई नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट उनकै ४० वर्षिया श्रीमती मञ्जु रावल कठायतको बिहीबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते मञ्जुको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।