

विनोद चाैधरीका भाई अरुण जग्गा हडपेको आरोपमा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ ।
चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ ।