८ वर्षदेखि टिचिङको मुर्दाघरमा अजित मिजारः न्यायको खोजीमा ज्ञापनपत्रदेखि सडक संघर्षका कार्यक्रम सार्वजनिक 

काठमाडौं । अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको न्यायकको लागि विभिन्न दलित संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको बताए । ८ वर्षदेखि शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म पनि राज्य सम्यन्त्र र न्यायालयले दोषिलाई छाडेको आरोप लगाउँदै भने, ‘पीडितको गैर न्यायीक हत्या भएको भनेर एथेस्ट प्रमाण हुँदाहुँदै पनि प्रहरी, प्रशासन, अस्पताल र अदालतलेसम्म पनि हत्यारा जोगाउन लागेको छ, जुन हामीलाई सैह्य छैन ।’

जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले कथित उचनिचको जात व्यवस्थाको कारण मृतक मिजार जस्ता युवायुवतिले ज्यान गुमाउनु दुःखत भएको धारणा राखिन् । राज्य सत्तामा पीडितको पहुँच नहुँदा सकभर न्याय नपाउने पाए पनि वर्षौं लाग्ने गरेको बताउँदै गजमेरले भनिन्, ‘८ वर्षदेखि मिजारको शव टिचिङ अस्पतालमा छ, मुद्दा सर्बोच्च अदालतमा पुगेको छ, पीडितले न्याय र दोषिहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ अब पनि न्याय नपाए हामी जस्तोसुकै संघर्षको लागि पनि तयार छौं, गजमेरले थपिन् ।

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छुटुन्जेलले २१औं शताब्धिमा पनि दलित समुदायले अमानविय व्यवहार भोगिरहने र राज्य सम्यन्त्र अपराधीहरुकै पक्षमा रहनु मिजार हत्या काण्ड एक उदाहरण भएको बताए ।

संयुक्त दलित अधिकार मञ्च नेपालका नेता सुजन सह संकरले अड्डा, अदालत, प्रहरी प्रशासन कतै पनि दलितको पहुँछ नहुँदा मिजार जस्ता पीडितले न्याय नपाएको बताउँदै प्रश्न गरे, ‘हे सरकार परिवर्तनका लागि हाम्रो ठूलो त्याग र योगदान, तर पनि समाजबाट जनावरको व्यवहार कहिलेसम्म ?’

अजित मिजारको न्यायका लागि उनिहरुले माघ २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र ३० गते प्रदर्शन गर्ने जनाउँदै त्यसपछि पनि पीडित र परिवार ले न्याय नपाए कडा आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

के हो मिजार हत्या काण्ड ?
काभ्रे ज्याम्दिकी पराजुली थरकी युवती, काभ्रे पाँचखालका अजित मिजारसँग २०७३ असार २५ गते बिहे गर्न राजिखुशी भई अजितसँगै घरमा आएकी थिइन् । अजित मिजारसँग बिहे गरेको थाहा पाएपछि केटीका बुवा, दिदी फुपुदिदिलगायतका परिचित, अपरिचित ब्यक्तिहरुले फोनमार्फत त सानो जातिको भन्दै जातीय विभेदसहितका गाली गलौज गर्दै ज्यान लिनेसम्मका धम्कीहरु दिइरहेका थिए । केटी पक्षले प्रहरी चौकी पाँचखालमा निवेदन दिएपछि असार २७ गते प्रहरीले केटाकेटीलाई परिवारको जिम्मा लगाई पठाएको थियो ।

तर, अजितलगायत अजितको परिवारलाई कल्पनाको बुवा, दिदि र कनैया भन्ने ब्याक्तिले फोनबाट ज्यान मार्नेसम्मका धम्कीहरु असार २९ गते १२ः३० बजेसम्म आइरहेका थिए । अजित मिजार २०७३/०३/२९ गते रिचार्ज लिन गएका अजित घर नजिकैबाट बेपत्ता भएका थिए । बेपत्तापछि २०७३/०३/३० गते धादिङको गजुरी फुर्के खोलाको प्रतिक्षालयमा घुँडा टेकिएको र घाँटीमा पलास्टिक क्रिपालको डोरीले झुण्ड्याईएको अवस्थामा सामाजिक सञ्जालमा फोटो सार्बजनिक भयो । परिवार र सरोकारवालाहरुले थाहा पाएपछि सम्बन्धित ठाउँमा जाँदा अजितको शव प्रहरी प्रशासन ‘फेक’ पोस्टमार्टम गरी गाडिएको अवस्थामा उत्खनन गरेर निकालिएको थियो ।

शव निकालिएपछि प्रहरी प्रशासन र पोस्टमार्टम गर्ने हस्पिटल समेत शंकाको घेरामा रहेकाछन् । विगत ८ वर्षदेखि अजितको परिवार न्यायको लागि संघर्ष गरिरहेको छ । जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरलेसमेत अजितमाथि न्याय गर्न सकेको छैन । हाल सर्वोच्च अदालतमा २०८० फागुन ८ गते पेशी तोकिएको छ । अजितको शव टिचीङ हस्पिटलको शव गृहमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *