

३१ प्रहरीलाई हलुका सवारी चालक तालिम

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापनको अवसरमा सोही महाशाखामा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे । प्रहरी उपरीक्षक कर्णले दक्ष सवारी चालकहरूको कमिलाई परिपूर्ति गर्नुका साथै समय सापेक्ष रूपमा नयाँ प्रविधियुक्त सवारी साधनहरूबारे प्रशिक्षार्थीहरूलाई तालिममा ज्ञान, सीप प्रदान गरिएको बताए।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान २९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।