

सिआईबीले गर्यो तपस्वी बम्जनलाई सार्वजनिक, सर्लाही लगिने

काठमाडौं । बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ ।
सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो।
मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।
बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद गरेको छ ।
विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीले जनाएको छ ।
बम्जनलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराइने पनि सीआईबीले जनाएको छ ।