प्रहरी जवान आयुष्माको याचना, ‘ज्यान बचाइदिनुस् देशका लागि अझै सेवा गर्ने चाहना छ’



काठमाडौं । नेपाल प्रहरीकी जवान आयुष्मा पुन मगर गम्भीर बिरामी परेकी छिन् । नेपाल प्रहरीको महिला भलिबल खेलाडी समेत रहेकी आयुष्मा विगत केही दिनदेखि कलेजोको रोगबाट पीडित भएर अस्पतालमा उपचार गराइरहेको जनाइएको छ ।

उनले सञ्चारमाध्यममार्फत् आप्mनो आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोग गरिदिनका लागि सहयोगी दाताहरुलाई अनुरोध गरेकी छिन् ।

बाग्लुङ स्थायी घर भएकी जवान आयुष्मा बिरामी काजमा रहेर उपचार गराइरहेकी छिन् । उनका श्रीमान् पनि नेपाल प्रहरीमै कार्यरत छन् । उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकोले श्रीमान्ले दिने भए पनि त्यसका लागि उपचार खर्च अभाव भएको जनाउँदै उनले सहयोगको याचना गरेकी छिन् । २४ वर्षीया आयुष्मा नेपाल प्रहरीकी उत्कृष्ट महिला भलिबल खेलाडी हुन् ।

उनले सहयोगका लागि बैंक खातामा प्रयोग भएको मोवइल नम्बर- ९८४०२९३५०१ तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर-३०२०१००००१४४२१० PhonePay : 9840293501 Rastriya Banijya Bank सहयोग गर्न सकिने जनाएकी छिन् ।