सशस्त्रले माग्यो इन्स्पेक्टरदेखि मालीसम्मका लागि दरखास्त, कुन-कुन पदका लागि कहिलेसम्म पाइन्छ त फर्म भर्न ? (सूचनासहित)

काठमाडाैं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो। सशस्त्रले जम्मा २८८ जनाका लागि दरखास्त माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्।

उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूले फागुन २ गतेभित्र र विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ।

sashastra-1704417945.jpg

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *