आज राजा वीरेन्द्रको जन्मजयन्ती

काठमाडौं – पुस १४, तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती। विभिन्न कार्यक्रम गरी उनको सम्झना गरिँदैछ।

२००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ साल माघमा राजगद्दी सम्हालेका थिए।

तुलनात्मक रूपमा उदारवादी छवि बनाएका उनको शासनकालमा देशमा महत्त्वपूर्ण परिवर्तन भएको थियो। २०३१ सालमा राज्यारोहणका वेला नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न विश्वसामु प्रस्ताव राखेका थिए। २०४२ सालमा उनकै पालामा दक्षिण् एसियाली सहयोग संगठन (सार्क)को स्थापना भएको थियो।

२०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासनविरुद्ध आन्दोलन चर्किँदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका थिए।यसैगरी कांग्रेस–वाम आन्दोलनले उग्ररूप लिएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गरे। ३० वर्षको प्रत्यक्ष शासन अन्त्य गरी उनी संवैधानिक राजाका रूपमा रहन सहमत भएका थिए।

राजा वीरेन्द्रको निधन २०५८ जेठ १९ गते भयो। पारिवारिक जमघटमा भएको गोलीकाण्डमा उनीसहित रानी ऐश्वर्य, छोराहरू युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुतिसहित आफन्तहरू मारिएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *