

सन्दीपको मुद्दामा आज निरन्तर सुनुवाइ, आजै फैसला होला त ?

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ हुनेछ ।
अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । लगातार दुइ इजलासमा सुनुवाइ भएकोले सम्भवतः आज उनको मुद्दामा फैसला हुने पनि सम्भावना देखिएको छ ।