

मन्त्रीहरुलाई प्रधानमन्त्रीको चेतावनी, ‘असफल हुने छुट कसैलाई छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुलाई असफल हुन छुट नभएको बताएका छन् ।
सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न नसक्ने चेतावनी दिए ।