सन्दीपको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाई बुधबार



काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’मा गएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भएको आजको सुनुवाईमा कानुन व्यवसायीले बहस गर्ने क्रम नसकिएपछि हेर्दा हेर्दैमा गएको हो ।

अब मुद्दाको सुनुवाई यही इजलासमा बुधबार हुनेछ ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो ।

फैसलाका लागि यसअघि पटक-पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।