कुवेतबाट नेपाल आउँदै गरेकी युवतीले जहाजमै बच्चा जन्माएपछि…

काठमाडौं । कुवेतबाट आएकी नेपाली युवतीले विमानको शौचालयमा नवजात शिशुलाई जन्माएर फालेकी छन्।

यूएईको सारजाहबाट बुधबार बिहान काठमाडौं आइपुगेको विमानको शौचालयमा एक युवतीले नवजात शिशु फालेकी हुन्।

कुवेतबाट आएकी एक युवतीले एअर अरेबियाको उडान नम्बर जी ९-५३६ बाट बिहान ९ बजे काठमाडौं अवतरण भएको उक्त विमानको शौचालयको कमोडभित्र लुकाई-छिपाई जन्माएको बच्चा छाडिएको अवस्थामा फेला परेको हो। उनले ती शिशुलाई जहाज उडीरहेको अवस्थामा जन्माएर फालेको अनुमान गरिएको छ ।

विमान सफाइ गर्ने कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एअरलाइन्सका कर्मचारी र प्रहरीले खानतलास गरेका थिए।

प्रहरीले खोजतलास गर्ने क्रममा राना थरकी नवलपरासी घर भएकी युवतीलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेज, सिनामंगल पुर्याएको छ।

उक्त घटनाका कारण १० बजे उड्नुपर्ने विमान ढिलो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *