

गुल्मीबाट २ बोकाचोर पक्राउ !

गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पक्राउ पर्नेमा वडा नम्वर ७ का २३ वर्षीय विरेन्द्र परियार र अर्का एक रहेको जनाइएको छ ।
उनीहरुले चोरी गरेको बोकालाई काटेर केही मासु खाएको र केही बिक्री गरेको खुलेको छ । उनीहरूलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।