

सेनाका बढुवा भएका २ उच्चअधिकारीलाई दर्ज्यानी चिह्न, सिग्देल रथी र पाैडल भए उपरथी

काठमाडौं । नेपाली सेनाको रथी दर्जामा पदोन्नति भएका अशोकराज सिग्देलले दर्ज्यानी चिह्न लगाएका छन् ।
प्रधान सेनापति प्रभुराम शर्माले रथी सिग्देललाईे दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उपरथी रहेका सिग्देललाई नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयले बढुवा गरेको थियो ।
रथी भएसँगै उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् ।
साथै आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले उपरथी दर्जामा पदोन्नति भएका सन्तोष वल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।
रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।