

ड्युटीमै खटिएको बेला जिपको ठक्करबाट प्रहरी जवान ओलीले गुमाए ज्यान

बाँके– बाँकेमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बोलेरो पिकअपले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल ओलीको घटनास्थलमानै मृत्यु भएको हो ।
कोहलपुर–४ मदनचोक सडक छेउमा ड्युटीमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवल्दार लालबहादुर बुढाक्षत्रीलाई भे१च ३४०७ नम्बरको जीपले ठक्कर दिएको थियो ।
ठक्करबाट प्रहरी सहायक हवल्दार बुढा घाइते छन् । उनको अवस्था गम्भीर रहेको र अहिले कोहलपुर शिक्षण अस्पतालको आइसियूमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
जीपले राति करिब ११ बजे ठक्कर दिएको थियो । जीप चालक २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले नियन्त्रण लिएको छ ।
मृतक विशाल ओलीको घर रुकुमपश्चिम हो भने घाइते लालबहादुर बुढा क्षेत्रीको घर बर्दियाको बासगढी हो ।