

भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँणको मुद्दाको आज सुनुवाई, छुट्लान् त जेलबाट ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाई आज हुँदैछ ।
आज उच्च अदालत पाटनमा हुने सुनुवाईमा एकल इजलासले मुद्दाको किनारा लगाउनेछ । आजको पेसीमा गोलाप्रथाबाट न्यायाधीश छानिनेछन् । तेस्रो न्यायाधीशको रायले खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।
यसअघि मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा खाँणलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने विषयमा मत बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।
उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो । सो आदेशअनुसार कतिपय रिहा भइसकेका छन् ।