

अमरेशकुमारद्वारा दायर एनसेलविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं । एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाई हुने भएको छ ।
दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो।
सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा परेपछि रिटको पेशी आजलाई सरेको हो।