

विराटनगका निर्दोषमाथि जोगबनीमा गोली प्रहार

विराटनगर । भारतको जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।
बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।