

मन्त्री लामाद्वारा तटबन्ध र मोटरपुलको शिलान्यास

काभ्रे । धुलिखेलको सुडीखोलामा तटबन्ध हुने भएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाको पहलमा हुन लागेको उक्त तटबन्ध धुलिखेल नगरपालिकाको वडा नं. ९ र १० स्थित सुडीखोलामा तटबन्ध गरिनेछ । उक्त तटबन्धको मन्त्री लामाले शिलान्यास गरेका छन् ।
त्यस्तै मन्त्री लामाले धुलिखेलकै वडा नं. १० र १२ जोड्ने मोटरपुलको समेत शिलान्यास गरेका छन् ।
उक्त मोटरपुल र तटबन्ध भइसकेपछि त्यस क्षेत्रका स्थानीय लाभान्वित हुने पनि मन्त्री लामाले जनाए ।