विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाका चन्द्र बहादुर घले रहेका छन् । उनी बिहीबार राति फलाई दुबईबाट आएका हुन् । उनकाे साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको थियो ।

चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएका थिए । एक वर्षमा ३ पटक दुबई गएको प्रहरी स्रोतले बताएको छ ।

विशेष सूचनाको आधारमा चन्द्रलाई सुनसहित पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बराहीबाट पक्राउ गरेको हो ।