

सैनिक विशेष अदालत अध्यक्षमा न्यायाधीश पौडेल

काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा न्यायाधीश लेखनाथ पौडेललाई जिम्मेवारी दिएको छ ।
बुधबार बिहान बसेको मन्त्री परिषद् बैठकले नेपाली सेनाको विशेष अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णयसमेत गरेको छ ।
सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ । सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन् ।