

मालीको संयुक्त राष्ट्रसंघको मिसन बन्द, फर्कियो नेपाली सेनाको टोली

काठमाडौं । मालीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएको छ ।
संयुक्त राष्ट्रसंघले मालीमा शान्ति मिसन बन्द गरेपछि नेपाली सेनाले आफ्नो टोली फिर्ता बोलाएको हो ।
प्रमुख सेनानी चित्रकुमार कार्कीको कमान्डमा हातहतियार बन्दोबस्तीको सामग्रीसहित ८१ जनाको टोली बिहीबार नेपाल फर्किएको छ ।
नेपाली सेनाको १६८ जनाको टोली मालीमा कार्यरत थियो । टोलीका बाँकी सदस्य स्वदेश फर्कने क्रममा रहेको नेपाली सेनाले जनाएको छ ।