

नवलपुरको गोरेघुम्तीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, यस्तो छ घटनास्थल (फोटोफिचर)

नवलपुर । नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको बाैंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको यात्रुबहाक लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं. ९ गोरेघुम्तीमा दुर्घटना भएको जनाइएको छ ।
दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएको स्थानीय खुमराज रानाले जनाए ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनास्थल पुगेका डिएसपी वेदबहादुर पौडेलका अनुसार उक्त घटनामा जीपमा रहेका ७ मध्ये ६ जनाको मृत्यु भइसकेको छ भने एक जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ ।