विद्यालयमै झुण्डिएको अवस्थामा फेला परे प्रधानाध्यापक

सिराहा । सिरहाको गोलबजार नगरपालिका-३ जमदहस्थित विद्यालयमै झुण्डिएको अवस्थामा एक शिक्षक फेला परेका छन्।

सरस्वती माध्यमिक विद्यालयका शिक्षक सञ्जिव साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। विद्यालय परिसरमा निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा उनी फेला परेका प्रहरीले जनाएको छ।

उनी विद्यालयका प्रधानाध्यापक थिए‌। गोलबजारबाट प्रहरी घटनास्थल पुगेको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *