सशस्त्रले खटायाे भूकम्पग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीसहितको सय भन्दा बढीको टोली

काठमाडौं- जाजरकोटमा गएको भूकम्पमा परेकाहरुको थप उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। ३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा उद्धार सामग्रीसहित ३५ जनाको टोली जाजरकोटको लागि खटिएको छ।

यस्तै नम्बर ६ बाहिनी सुर्खेतबाट डा निश्चल घिमिरेको कमाण्डमा एम्बुलेन्स सहित ४ जनाको मेडिकल टोली जाजरकोटको लागि खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

यसैगरी नम्बर २९ गण दाङबाट पश्चिम रुकुमको लागि सप्रनिको कमाण्डमा २१ जना र आश्रित गुल्म पूर्वी रुकुमबाट सप्रनानिको कमाण्डमा ११ जनाको टोली पश्चिम रुकुममा खटिएको छ।

नम्बर ४२ रिजर्भ गण बाँकेबाट सप्रनिको कमाण्डमा २५ जनाको टोली जाजरकोट र नेपाल एएफपी अस्पतालबाट सप्रनाउ डा रोशन पराजुलीको कमाण्डमा ९ जनाको (१८ जना) टोली मेडिकल सामाग्री सहित सेनाको स्काई ट्रकद्वारा पश्चिम रुकुमको चौरजहारीको लागि खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *