ड्युटीमा खटिएको प्रहरीलाई गाली गलाैच गर्ने श्रीमान्/श्रीमती पक्राउ

दैलेख । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ चान्ने चौतारा बस्ने ४५ वर्षीय नबिन राना र उनकै श्रीमती रत्न रानालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा अवैध घरेलु मदिरा नियन्त्रणको लागि प्रहरी चौकी जम्बुकाध र अस्थायी प्रहरी पोष्ट हाडाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा बरामद गर्ने क्रममा उनीहरूले प्रहरीलाई गाली गलौज तथा अभद्र व्यवहार गरेपछि दुवै जनालाई ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *