नेपाल आदिवासी जनजाति महासंघ कतार अध्यक्षमा सुनुवार

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषेत्तम सुनुवार चुनिएका छन् ।

त्यस्तै उपाध्यक्षमा भाईकाजी गुरुङ, वरिष्ठ उपाधयक्ष्मा रामकुमार मण्डल, द्वितीय उपाधयक्षमा राजेन्द्र साम्याङ्खाम, महासचिवमा धिरेन तामाङ, सचिवमा युवराज भुजेल, कोषाध्यक्षमा हरि महतो, सहकोषाध्यक्ष्मा रविलाल ताजपुरिया चुनिएका छन् ।

त्यसैगरी विभागीय सचिवहरुमा क्रमशः मिलन भुजेल, विवस मादेन लिम्बु, रामेश्वर मण्डल, आङ मिङ्मार शेर्पा, ओमकृष्ण तयाजु र घनश्याम चौधरी रहेका छन् ।

No description available.

कोभिड–१९ का कारण भर्चुअल मार्फत सम्पन्न सम्पन्न गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष शिब कुमार भुजेलको सभापतित्व तथा नेफिन केन्द्र नेपालका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य थियो ।

त्यस्तै नेफिन केन्द्रका विदेश विभाग प्रमुख गोबिन्द छन्त्यालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा नेफिन कतारका प्रमुख सल्लाहकार देवराज राई, बिशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार बिलबहादुर गुरुङ, सुकबहादुर तामाङ तथा सल्लाहकार सदस्यलगायत एनआरएन एएनसीसी कतारका कार्यवाहक अध्यक्ष उतम गुरुङ, विदेशस्थित बिभिन्न देशका नेपाल आदिवासी जनजाति महासंघ (नेफिनका) अध्यक्षको सहभागिता रहेको थियो ।

संघिय परिषद सदस्यहरुमा क्रमस सन्ध्या सावा लिम्बु, दुर्गा  बहादुर गुरुङ, चित्र बहादुर गुरुङ, जीवन राई. पूर्णबहादुर राई, श्री बहादुर तामाङ, रभी मोक्तान तामाङ, प्रतिन कुमार चौधरी, बिनोद सुनुवार, टेक बहादुर सुनुवार, प्रभात भुजेल, नितेस तन्डुकार, राम बहादुर मानन्धर, लक्ष्मी नारायण मण्डल, तेचिलाल मण्डल, ङाताङ फुरी शेर्पा, रबिन शेर्पा, ज्ञानेद्र कुमार ताजपुरिया र कृष्ण प्रसाद ताजपुरिया निर्वाचित भए ।

कार्यक्रममा नेफिन केन्द्रका विदेश विभाग प्रमुख गोबिन्द छन्त्याल, नेफिन कतारका सल्लाहकार समितिको तर्फबाट प्रमुख सल्लाहकार देवराज राई, एनआरएन एएनसीसी कतारका कार्यवाहक अध्यक्ष उतम गुरुङ, विदेशस्थित नेफिन युएईका अध्यक्ष महेस मुक्तान, बहराईन अध्यक्ष झहर थप्पोको थेबे, इजरायलका अध्यक्ष पेम्बा डोल्मा होल्मो, बेलायत अध्यक्ष जंग सुनुवार र बेल्जियमका अध्यक्ष बाबुराजा लामाले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *