बाँदर धपाउन सशस्त्रसहित ३५ प्रहरी परिचालन !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा बाँदरलगायतका वन्यजन्तु धपाउन प्रहरी परिचालन गरिएको छ।

वडा कार्यालयले गाउँमा पसेका बाँदरलगायतका वन्यजन्तु धपाउन प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले चासो दिएको हो । प्रहरीले वडामा स्थानीयसँग मिलेर गस्ती सुरु गरेको छ।

चारैतिरबाट वनजंगलले घेरिएको वडा नं ११ का तल्लो भेगका बस्ती तथा जंगलमा इलाका प्रहरी कार्यालय बन्देउबाट सशस्त्र प्रहरी र प्रहरी चौकी साँगाचोकका जनपथ गरी ३५ जना प्रहरीको टोली वन्यजन्तु लुकेका सम्भावित स्थलको खोजीमा जुटेका छन्।

वडाका तल्लो भेगका महादेवटार, एक्ले, जामुने, कटुञ्जेपानी, देउराली, फँलाटे, पानीचौर, काभ्रेलगायतका जंगल तथा झाडीक्षेत्रमा गस्ती गरेको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *