

सिराहा कपडा तस्करी प्रकरणः सशस्त्र एसपी भारती र डीएसपी खड्का अनुसन्धानमा तानिए

सिरहा । सशस्त्र प्रहरी बल गण नम्बर ७ सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रमोद भारतीलाई बाहिनीमा तानिएको छ ।
सिरहा जिल्लामा पछिल्लो चार दिनयता ठूलो परिमाणमा अवैध कपडा बरामद भएपछि एसपी भारती सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास तानिएका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका अनुसार अवैध सामान कसरी भित्रियो भन्नेबारे सोधपुछ गर्न एसपी भारतीलाई बाहिनी बोलाइएको छ । उनीसँगै केही सशस्त्र प्रहरी अधिकारीलाई पनि सिरहाबाट बाहिनीमा तानिएको छ । सशस्त्र प्रहरी अधिकारी दोषी देखिए कारबाही हुने बताइएको छ ।
उनको स्थानमा अहिले डीएसपी दिपेन्द्र थापालाई पठाइएको छ । यस्तै सशस्त्र प्रहरी बल माडर सिरहामा रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामहरि खड्का पनि बाहिनी तानिएका छन् । सशस्त्र प्रहरी बलले सिरहाबाट करिब ८० लाख बराबरको लत्ताकपडा बरामद गरेको थियो ।