

ड्युटीमा जाँदै गरेका हुलाकका कर्मचारीको ट्रकको ठक्करबाट मृत्यु

मोरङ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कर्मचारीको मृत्यु भएको छ।
मोरङ कहटरीमा मंगलबार बिहान प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा कार्यालय जाँदै गरेका हुलाकमा कार्यत चन्द्रमणि अधिकारीको मृत्यु भएको हो ।
पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट अधिकारी चढेको मोटरसाईकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ वर्षीय अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।