

सिन्धुपाल्चोकमा जिप दुर्घटनामा परी दुईको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत स्कोरपियो जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा भएको सो दुर्घटनामा थप चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार बा १५ च ९३७० नम्बरको जिप शनिबार राति २ बजेतिर दुर्घटनामा परेको थियो । उनका अनुसार लामोसाँघु–जिरी सडकखण्डको पाँच किलोमा दुर्घटनामा परेको सो सवारी तीन सय मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी रामेछाप उमाकुण्ड गाउँपालिकाका ३६ वर्षीय उत्तम महर्जन र बाह्रबिसे नगर घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी घाइते भएका चार जनालाई लाई उपचार्थ धुलिखेल अस्पताल ल्याईएको छ ।