

विमानस्थलमा ड्युटी गरिरहेका प्रहरी हवल्दारको मृत्यु

डोटी । डोटीमा ड्युटीमै रहेको अवस्थामा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
दिपायल विमानस्थलमा ड्युटीमा रहेका खड्का बेहोस अवस्थामा भेटिए पछि उपचारका लागी शैलेश्वरी अस्पताल दिपायलमा लगेपछि मृत घोषणा गरिएको थियो । विगत लामो समय देखी डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए ।
मृतक खड्का दिपायल सिलगढी नगरप्रमुख विजय खड्काका सहोदर भाइ हुन् ।