

तम्घासबाट बुटवल जाँदै गरेको जिपमाथि खसेको ढुंगाले किचेर ३ जनाको मृत्यु, ५ जना घाइते

पाल्पा । पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कोरपियो जिपमाथि पहिरोसँगै ढुंगा खसेको जनाइएको छ ।
सडक चौडा पार्ने काम भइरहेको जोर्तेमा पहिरोसँगै खसेको ढुंगा जिपको पछिल्लो भागमा खस्दा तीन जनाको मृत्यु भएको जनाइएको छ ।
घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए।
मृतकहरूको सनाखत हुन सकेको छैन ।