

पत्नीको उपचारका लागि छोरीहरूसहित प्रचण्ड मुम्बई प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि सोमबार दिल्ली हुँदै मुम्बई गएका छन्।
पछिल्ला दिनमा प्रचण्डपत्नी सीताको स्वास्थ्यमा समस्या आएपछि छोरीहरु रेणु दाहाल र गंगा दाहाल उपचारका लागि जाने भनिएकोमा पत्नी सीताको आग्रहमा प्रचण्ड पनि उनीहरुसँगै गएको जनाइएको छ ।
प्रचण्डसहित सबैजना सोमबार बिहान साढे ११ बजे एयर इन्डियाको विमानमार्फत दिल्ली जानका लागि विमानस्थल पुगेका थिए । भारतको मुम्बईमा हुने उपचारका लागि उनी दिल्ली हुँदै मुम्बई जान लागेका हुन्।
काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनीहरु नयाँदिल्ली हुँदै मुम्बई प्रस्थान गरेका हुन् ।

विमानस्थलमा उडानको समय कुर्दा सम्म सीतालाई गाह्रो भएको देखिएको छ, सो बखत उनी छोरी रेणुको काखमा पल्टीरहेको भावुक तस्बिर सार्वजनिक भएको छ ।