

तस्बिरहरूमा त्रिशुली बस दुर्घटना

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुबाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।
मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो।
सबै तस्बिरहरूः सशस्त्र प्रहरी बल