धादिङ दुर्घटनाको उद्धारमा तीनवटै सुरक्षा निकाय, सशस्त्रबाट मात्रै ४२ जना परिचालन



धादिङ । धादिङमा बुधबार बिहान भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको  कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय  कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज  खटिएको जानकारी दिए ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली पनि पुगिसकेको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको  जानकारी दिए ।

साथै नेपाली सेनाको टोलीले पनि उद्धार गरिरहेको छ ।

दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ भने १४ जना घाइते भएको जनाइएको छ ।

गम्भीर घाइतेहरूको थप उपचारका लागि काठमाडाैं पठाइसकिएको पनि जनाइएको छ ।