

सशस्त्रका यी १२ कर्मचारी भए सम्पर्कबिहीन, ७ भित्र मनासिब कारणसहित नआए कारबाही गरिने

काठमाडौं । सशस्त्र प्रहरीका १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ ।
सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् ।
कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।
सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् ।
यस्तै, जवानहरूमा झापाका प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।
कार्यालयको सम्पर्कमा नआएका १२ जनालाई नै सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारणसहित सम्पर्कमा आउन सूचना जारी भएको छ । सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।