नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, काे-काे परे पक्राउ (नामसहित)

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेकाहरू सबै सिटिजन्स बैंकका कर्मचारी रहेको खुलेको छ ।

उनीहरू सिटिजन्स बैंकको विभिन्न शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ । पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् ।

पक्राउ पर्नेहरूमा सिटिजन बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेको छ ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *