

डिएसपी कर्माचार्य बने सर्वोत्कृष्ट, सातौं कमाण्ड तथा स्टाफ कोर्षमा हात पारे तीन अवार्ड

काठमाडौं । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) सचिन कर्माचार्यले तीन अवार्ड हात पारेका छन् ।
सातौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा डिएसपी कर्माचार्यले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, ‘बेस्ट रिसर्च अवार्ड’ र ‘बेस्ट एकेडेमी अवार्ड’ गरी ३ अवार्ड हात पारेका हुन् ।
उनलाई शुक्रबार प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित दिक्षान्त समारोहको कार्यक्रममा समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र समारोहका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले उक्त अवार्ड प्रदान गरेका थिए ।
उक्त अवसरमा महानिरीक्षक अर्यालले प्रशिक्षार्थी अधिकृतहरुलाई उक्त कोर्षको अध्यापन गराउने कार्यमा विशेष भूमिका निर्वाह गर्ने डा. सोहन कुमार कर्ण, डा।नरेश रिमाल र नारायण अधिकारीलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
१५ महिना अवधिको सो कोर्षमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक १, सशस्त्र प्रहरी उपरीक्षक ३ र सशस्त्र प्रहरी नायव उपरीक्षक ४ जनाको सहभागीता रहेको थियो ।