

सशस्त्रको असईको रिजल्ट निस्कियो, यी १३६ ले निकाले असईमा नाम (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) को अन्तिम नतिजा प्रकाशित गरिएको छ ।
सशस्त्रको भर्ना तथा छनौट शाखाले २०७९ असोज ७ गते प्रकाशित सूचनाअनुसार माग गरिएको असईको अन्तिम परिक्षाकाे शनिबार निस्किएको रिजल्टमा १३६ जना उम्मेदवार पास भएका छन् ।
सशस्त्रका अनुसार खुल्लामा ८३ जना पास भएका छन् भने महिलातर्फ १० जना, आदिवासी तथा जनजाति समूहमा १५, मधेसीतर्फ १४, दलितमा १० र पिछडिएको क्षेत्र तर्फ ४ जना पास भएका छन् ।
सशस्त्रले मागेको अमर अशक्त सशस्त्र प्रहरीको सन्तती तर्फ भने कोही पनि उत्तीर्ण नभएको जनाइएको छ ।
सशस्त्रका अनुसार उत्तीर्ण भएका उम्मेदवारले यही साउन २८ गते १० बजे सम्पूर्ण सक्कल कागजात र चार प्रति फोटोसहित सशस्त्र हेडक्वार्टरमा उपस्थित हुन सूचित समेत गरिएको छ ।
सूचीः