

सशस्त्र जवानसहित २ जना ब्राउनसुगरसहित पक्राउ

कैलाली । कञ्चनपुरबाट लागु औषधसहित सशस्त्र प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् ।
शनिबार साँझ पुनर्वास नगरपालिका १० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन् ।
प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको बताइएको छ ।
प्रहरीका अनुसार उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम ब्राउन सुगर फेला परेको थियो ।