

सशस्त्र प्रहरीद्वारा ३७ लाखभन्दा बढिको लत्ताकपडा र मोटरसाईकल बरामद

काठमाडौं । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ जवाबैराठ ईलाकाबाट आज सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको छ ।
सोही ठाउँको जंगल ईलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।