सशस्त्रले दियो यी ७ कर्मचारीलाई तुरून्त हाजिर नभए जागिर जाने चेतावनी

काठमाडौं ।  सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका सात कर्मचारीलाई सात दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । जसमध्ये दुई जना सशस्त्र प्रहरी सहायक हवलदार र ५ जना जवान छन् । उनीहरूलाई सात दिन भित्र सन्तोषजनक जवाफसहित कार्यालयमा हाजिर हुन नआए नोकरीबाट हटाइने चेतावनी दिइएको छ ।

हाजिर हुन नजानेहरूमा सशस्त्र प्रहरी बल नेपालको ३ नम्बर गणका जवान लक्ष्मण लिम्बु, २७ नम्बर गण कपिल खत्री, २१ नम्बर गण पूर्ण बहादुर तामाङ,  १७ नम्बर गणका केशर बहादुर विष्ट, ४९ नम्बर गुल्मका नर साउद, २९ नम्बर गणका सहायक प्रहरी हवलदार प्रतीक बिक र ९ पशुपतिनाथ बाहिनी मुख्यालयका सहायक हवलदार बिराज घिमिरे छन् ।

‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा सशस्त्र प्रहरी नियमावली २०७२ को बमोजिम कारबाही हुनेछ ।’

358486048_937036017549109_980333134849778394_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *