

लहानमा ओठ तथा तालु फाटेकाका लागि निःशुल्क शिविर हुँदै

लहान । लहानमा ओठ तथा तालु फाटिएकाको लागि निःशुल्क प्लास्टिक सर्जरीका सेवा शिविर सञ्चालन हुने भएको छ । लहान नगरपालिकाद्वारा प्रकाशित एक सूचनाअनुसार नगरपालिकाभित्रका विभिन्न ३ वटा वडाका स्वास्थ्यचौकीमा यही असार २८, २९ र ३१ गते शिविर सञ्चालन हुने जानकारी दिइएको छ ।
लहानको वडा नं. १९ को छरापट्टी स्वास्थ्य चौकीमा २८ गते, वडा नं. २४ को गोविन्दपुर स्वास्थ्य चौकीमा २९ गते र वडा नं. १० को लहान स्वास्थ्य चौकीमा ३१ गते बिहान ११ देखि ४ बजेसम्म शिविर सञ्चालन हुने लहान नगरपालिकाका मेयर महेश चौधरीले जनाए ।
साथै शिविर सेवा फाउन्डेशन बल्खु र बयोधा अस्पतालको संयुक्त सहकार्यमा हुने जनाउँदै शल्यक्रियाका लागि छनोट भएका बिरामीलाई निःशुल्क गाडीभाडा, बस्ने र खाना खर्चका साथै सम्पूर्ण परिक्षणका साथै अपरेशन पनि निःशुल्क हुने लहान नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले जनाइन् ।