

जसपाको विधान अधिवेशनको समापन आज

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको बिधान अधिवेसन जारी छ ।
गत आइतबारदेखी सुरु भएको बिधान अधिवेशन पूर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।
आजको बैठकमा मस्यौदा बिधान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ ।
गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिधानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहबाट समुहगत धारणा राखे पछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित बिधान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
उनका अनुसार प्रस्तावित बिधानमा ७० बर्षे उमेर हदको प्रावधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको बिधान प्रस्तुत भएको छ ।
उक्त मस्यौदा बिधानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।